Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • टिपरको ठक्करबाट हजुरबुवा–नातिनीको घटनास्थलमै मृत्यु, टिपरमा आगजनी!

    टिपरको ठक्करबाट हजुरबुवा–नातिनीको घटनास्थलमै मृत्यु, टिपरमा आगजनी!

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 4.9K
    SHARES

    काठमाडौं । टिपरको ठक्करबाट हजुरबुवा–नातिनीको घटनास्थलमै मृत्यु भएको छ। टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायक उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

    बिराटगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको हो ।



    घटनालगत्तै मृतकका आफन्त र स्थानीयले टिपरमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भिडलाई हटाएर दमकलको सहयोगमा आगो निभाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ बस्ने ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार