Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • वामदेवको राष्ट्रियसभा यात्रा अवरुद्ध!

    वामदेवको राष्ट्रियसभा यात्रा अवरुद्ध!

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 4.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया रोकिएको छ।

    गत साता बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो। राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनीत अर्थमन्त्री डा। युवराज खतिवडाको समय सकिएपछि सोही स्थानमा गौतमलाई लैजाने तयारी भएको थियो। खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबारबाट सकिएको छ।



    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनयन हुने कोटामा पार्टीको सचिवालय बैठकले गौतमलाई पठाउने निर्णय गरेको थियो। सिफारिस नहुँदै प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका छन्। बुधबार उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने कार्यतालिका छ।



    प्रधानमन्त्री ओलीले सचिवालयको बैठकबाट भएको निर्णय नमान्ने बताएपछि पार्टीभित्र विवाद सुरु भएको थियो। ‘मन्त्रिपरिषद्ले वामदेव गौतमलाई सिफारिस गर्दैन, डा। खतिवडालाई नै निरन्तरता दिनेछ’, प्रधानमन्त्री ओलीले भनेका थिए। त्यसपछि सचिवालयका शीर्ष नेताहरु ओलीविरुद्ध लागेका थिए। पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड थियो।

    फागुन १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुने जानकारी गराएका थिए। करिब आधा घण्टा बसेको सचिवालय बैठकमा गौतमबारे कुनै छलफल भएन। त्यस दिन अध्यक्ष पुष्पकमल दाहाल र गौतम बेग्लै बसेर छलफल गरी सचिवालय बैठकमा गए पनि त्यहाँ ओलीलाई स्वास्थ्य उपचारबारे शुभकामना दिने काममात्रै भएको थियो।

    ‘प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि भर्ना भएपछि स्वतः यो विषय ओझेलमा परेको छ र पार्टीभित्रका अन्य समस्या पनि तत्काल ओझेलमा परेका छन्’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘राष्ट्रियसभाको सांसद मनोनयनको विषयभन्दा पनि अहिले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्ने बेला हो।’ नागरिक दैनिक

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार