Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • चेल्सी एफए कपको क्वाटरफाइनलमा

    चेल्सी एफए कपको क्वाटरफाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । लण्डन क्लब चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्रिमियर लिगको उपाधी नजिक रहेको लिभरपुललाई २–० ले हराउँदै चेल्सीले अन्तिम आठको यात्रा तय गरेको हो । पराजयपछि लिभरपुल भने एपए कपबाट बाहिरिएको छ ।

    घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई २–० ले हराउँन चेल्सीका लागि विलियन र रोस बार्कलीले एक एक गोल गरेका हुन् । खेलको १३ औं मिनेटमा विलियनको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । चेल्सीका लागि बार्कलीले ६४ औं मिनेटमा गोल गर्दै टिमलाई २–० को जित दिलाए ।
    गएराति नै भएको खेलमा जित निकाल्दै शेफिल्ड युनाइटेड र न्यूक्यासल पनि अन्तिम ८ मा पुगेको छ । शेफिल्डले रिडिङ्गलाई २–१ तथा न्यूक्यासलले वेष्ट ब्रोमलाई ३–२ ले पराजित गरेको हो। एजेन्सी



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार