Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अमेरिकाको टेनेसीमा आँधीमा परी आठको मृत्यु

    अमेरिकाको टेनेसीमा आँधीमा परी आठको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    वासिङ्टन – अमेरिकाको मध्यपूर्वी राज्य टेनिसीमा आएको आँधीमा परी कम्तीमा आठ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् ।

    स्थानीय समय अनुसार मङ्गलबार बिहान आएको आँधीका कारण आठ व्यक्तिको मृत्यु भएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको छ । आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा समेत व्यापक संरचनाहरूमा क्षति पु¥याएको छ ।



    टेनिसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पु¥याएको क्षतिबारे भन्नुभयो, “आँधीका कारण ‘यसपटक आठको मृत्यु’ भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ ।”



    न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण राजधानीका विभिन्न ४० स्थानका भौतिक संरचनामा क्षति पु¥याएको बताएको छ । क्षतिका विवरणहरू सङ्कलन भइरहेको पनि विभागले बताएको छ ।(रासस/एएफपी)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार