Online Nepal
  • सोमबार, ५ जेष्ठ २०८२
  • पूर्वडीआईजी शाहविरुद्ध भ्रष्टाचार मुद्दा

    पूर्वडीआईजी शाहविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, २० फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध लाखाैँ रकम दुरूपयाेग गरेकाे भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले भ्रष्टाचार गरेकाे अख्तियारकाे भनाइ छ।

    प्रहरी जवानको तलब भत्ता कीर्ते दस्तखत गरी उनले हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएकाे अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनका अनुसार शाहसँगै लेखापाल प्रहरी नायब निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक हवल्दार केशवसिंह ऐरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएकाे छ।



    उनीहरुले तालिम केन्द्रमा सरुवा भई आएका १०३ जना प्रहरी जवानको २०७२ माघ र फागुन महिनाको तलव भत्ता ३१ लाख ८८ हजार ४ सय ६८ र १४२ जना नयाँ प्रशिक्षार्थी प्रहरी जवानको ०७२ साल माघमा २ दिनको तलब १ लाख ४९ हजार ६१६/८८ रुपैयाँ गरी ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा तलवी भरपाईमा कीर्ते दस्तखत गरी झिकेर बाँडिचुडी खाएको पुष्टि भएको अख्तियारको भनाइ छ ।

    अख्तियारले उनीहरु तीनैजनाविरुद्द्ध ३३ लाख ३८ हजार ८४ रुपैयाँ ८८ पैसा विगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रहरी तालिम केन्द्रले रकम हिना मिना गरेको देख्दा देख्दै लेखा परीक्षण गर्दा निजी लाभका लागि तथ्यहरु लोप गरी लेखापरीक्षण गरेको देखिएको भन्दै लेखापाल विशंखेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार