Online Nepal
  • मंगलबार, १६ बैशाख २०८२
  • सिआईबीद्वारा डाँका मुद्दामा फरार प्रतिवादी पक्राउ

    सिआईबीद्वारा डाँका मुद्दामा फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० फाल्गुन २०७६
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले डाँका मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सिआईबीले नुवाकोटको शिवपुरी गाउँपालिका-६ का ४६ वर्षीय राजु थापालाई पक्राउ गरेको हो।
    थापालाई सर्वोच्च अदालतले थापालाई डाँका मुद्दामा २०७५ साल असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैदको फैसला सुनाएको थियो । सिआईबीले काठमाडौंको मित्रनगरबाट थापालाई मंगलबार पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको र अदालतले उनलाई डील्लीबजार कारागार पठाएको सिआईबीले जनाएको छ ।
    थापाले काठमाडौंको भिमसेनगोलाबाट २०५३ साल माघ १० गते राति ३२ तोला सुन लुटेर फरार भएका थिए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार