काठमाडौं । शिक्षा मन्त्रालयले कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न आग्रह गरेको छ ।
मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी विद्यालयहरुलाई सतर्कता अपनाउन आग्रह गर्दै विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्ता सर्वसाधारण भेला हुने कार्यक्रम नराख्न पनि आग्रह गरेको छ ।
Leave a Reply