Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • भावी महानिरीक्षकमा नयाँ खेल!

    भावी महानिरीक्षकमा नयाँ खेल!

    अनलाइन नेपाल
  • मंगलबार, २० फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । यस पटकको प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) बढुवाको सिफारिसले धेरैलाई चकित बनायो । यसका दुई कारण छन् । पहिलो रिक्त भएको दुई साता नबित्दै बढुवा सिफारिस भयो । विगतमा विवादका कारण नौ महिनासम्म निर्णय हुन सकेको थिएन । दोस्रो कारण चाँही सिफारिसमा बरिष्ठताको बरियता मिचिएन । बरिष्ठताकै आधारमा तारिणी लम्साल, शैलेश थापा क्षेत्री र हरि बहादुर पालको सिफारिस भएको छ ।

    एआईजी सिफारिसलाई प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीको पहिलो सफलताका रुपमा लिइएको छ । तर, यसमा संयोगले पनि उनलाई साथ दियो । सत्तारुढ दल नेकपाभित्र आन्तरिक राजनीति चर्किएकाले यसपटकको एआईजी बढुवामा राजनीतिक चलखेल हुन नपाएको स्रोत बताउँछ । वामदेव गौतललाई राष्ट्रिय सभामा लैजाने÷नलैजाने विवादमा नेकपा नेतृत्व अल्झिएको थियो । यही बेला एआईजी बढुवासम्बन्धि प्रस्ताव पुगेपछि प्रधानमन्त्रीले बरिष्ठताकै आधारमा गर्न निर्देशन दिएका हुन् ।



    एआईजी बढुवा सिफारिसले भावी एआईजीको खेल पनि हेरफेर हुने देखिएको छ । धेरैले असारपछि विश्वराज पोखरेल आईजिपी हुने आँकलन गरेका थिए । यसअघि उनी दुई ब्याचलाई टपेर डीआइजीमा बढुवा भएकाले पनि यस्तो आँकलन गरिएको थियो । शक्तिकेन्द्रहरुसँग राम्रै सम्बन्ध भएपनि यसपटक उनलाई भाग्यले साथ दिएन । यससँगै अब असारमा आइजिपी हुने उनको सम्भावना लगभग सकिएको छ ।



    असारमा शैलेश थापा र हरि पालबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । एआईजीमा सिफारिस भएका तारिणी लम्साल असारमा महानिरीक्षक ज्ञवालीसँगै अवकाश पाउनेछन् । त्यो अवस्थामा थापा र पालबीच प्रतिस्पर्धा हुनेछ । धेरै प्रचार नरुचाउने थापा आफ्नो ब्याचका अब्बल अधिकृत मानिन्छन् । राजनीतिक पहुँच नभएकाले यसपटक उनी छुट्न सक्ने आशंका कतिपयको थियो । तर, इमान्दारीताका कारण उनी पुरस्कृत भएका छन् । भक्तपुरका जिल्लावासी महेश्वर न्यौपाने गृहसचिव हुनु पनि उनका लागि फाइदाजनक भयो । उनका लागि भक्तपुरकै नेकपा नेता महेश बस्नेतले पनि बालुवाटारमा लबिङ गरेका थिए ।

    पाल पनि पछिल्लो समय शक्तिशाली हुँदै गएका छन् । डिआईजी बढुवामा निरज शाही र प्रद्युम्न कार्कीलाई पछि पारेबाटै उनका लागि प्रहरी नेतृत्वको ढोका खुलेको हो । प्रदेश २ मा कार्यरत रहँदा उनले आफ्नो छवी माथि उठाएका थिए । त्यसकारण असारमा दुईबीच कडा टक्कर हुने देखिन्छ ।

    अब असारमा एआईजीका दुई पद रिक्त हुने छन् । जसमा अहिले छुटेका निरज र प्रद्युम्नको बढुवा हुने सम्भावना छ । तर, असारमा जसरी पनि एआईजी हुने रणनीतिमा पोखरेल छन् । असारमा एआईजी नभए उमेरहदका कारण पोखरेल डिआईजीबाटै अवकाश पाउनेछन् ।

    पोखरेल एआईजीमा बढुवा नहुँदा उनको ब्याचीहरु भने खुशी भएका छन् । अब उनीहरु पनि डिआइजी हुँदैछन् । असारमा पोखरेललाई एआईजीबाट रोक्न सके पछि आफुहरु पनि आइजिपीको प्रतिस्पर्धामा हुने उनीहरुको आँकलन छ । पोखरेलका ब्याचीहरु धिरजप्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, दिवेश लोहनीबीच प्रतिस्पर्धा हुनेछ । डिआइजीका हाल ३४ सिट रिक्त छन् । आफ्नो ब्याचबाट अब पहिलोनम्बरमा बढुवाका लागि उनीहरुबीच प्रतिस्पर्धा सुरु भइसकेको छ ।

    तर, डिआइजी बढुवाको निर्णय भने लम्बिने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भइसकेका छन् । अब उनी अस्पतालबाट डिस्चार्ज भएपछि मात्र मन्त्रिपरिषद् बैठक बस्ने भएकाले एआइजी बढुवा नै लम्बिने छ । एआईजी बढुवा निर्णय नभई डिआइजीको नहुने भएकाले केही हप्ता लाग्ने देखिएको छ । तर, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भने वरिष्ठताकै आधारमा बढुवा गर्ने पक्षमा छन् । प्रहरीमा चलखेल गृहमन्त्री थापालाई मन पर्दैन ।दृष्टि साप्ताहिकबाट

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार