Online Nepal
  • बिहिबार, ८ जेष्ठ २०८२
  • आजको मौसम पूर्वानुमान: मेघ गर्जनसहित चट्याङ र वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान: मेघ गर्जनसहित चट्याङ र वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, २० फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभाव रहेको भन्दै आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार अहिले देशभरीको मौसम सामान्यतया सफा रहेको छ ।

    महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भू–भागमा पनि आंशिक बदली हुनेछ ।यसैगरी, तराईमा भने मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।



    राति भने देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भाग आंशिक बदली रहनेछ। तराई भू–भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार