Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

    मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2K
    SHARES

    फागुन, काठमाडौं । पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

    उनी सोमबार साँझ अस्पताल पुगेका हुन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्न्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् ।



    उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् । अस्पताल भर्ना जानुअघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले पुनः मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।



    प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा बनाइएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई रेकी गर्न खटाएको छ । प्रधानमन्त्री ओलीसँग शिक्षण अस्पतालका चिकित्सकहरूको मिटिङ बस्दैछ । प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। प्रत्यारोपण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीको नेतृत्वको टोलीले गर्ने बताइएको छ।

    प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा आवश्यक सहयोगका लागि भारतबाट पनि दुई सदस्यीय टोली काठमाडौं आइसकेका छन्। प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार र अर्का एक प्रतिनिधि नेपाल आइसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो। १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मृगौला दिएकी थिइन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार