Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चीनबाट ल्याइएका सबै नेपाली कोरोना मुक्त

    चीनबाट ल्याइएका सबै नेपाली कोरोना मुक्त

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट उद्दार गरेर क्वारेन्टाइनमा राखिएका १७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयले भक्तपुरको खरीपाटीमा रहेका उनीहरुमा संक्रमण नदेखिएको जानकारी दिएको हो।



    ‘उहाँहरु सबैको रिजल्ट नेगेटिभ आयो। आज नै उहाँहरु घर जान सक्नुहुन्छ’, मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले भने।



    फागुन ४ गते चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटीमा रहेको क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई १४ दिनसम्म त्यहाँ राखेर परीक्षण गरिएको थियो।

    नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर जाने भएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार