Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • प्रचण्डलाई जुत्ता हानिएको घटना छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा समिति

    प्रचण्डलाई जुत्ता हानिएको घटना छानबिन गर्न एसएसपी थापाको नेतृत्वमा समिति

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 3.7K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरेर भएको जुत्ता प्रहारको घटनाबारे छानबिनका लागि एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

    महानगरीय अपराध महाशाखा, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।



    समितिमा महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटी र महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रहरी निरीक्षक युवराज तिम्सिना सदस्य छन् ।



    समितिले प्रकरणबारे छानबिन सकेर तीन दिनभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा प्रतिवेदन बुझाउनु पर्नेछ ।

    आइतबार राष्ट्रियसभा गृहमा आयोजित नेकपा नेता भरतमोहन अधिकारीको स्मृतिसभामा प्रचण्डमाथि जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए । तिरुवा अहिले प्रहरी हिरासतमा छन् । तिरुवालाई अभद्र व्यवहारमा ७ दिनको म्यादथप गरी अनुसन्धान भईरहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार