Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना प्रभाव :

    पाँच देशका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

    पाँच देशका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.8K
    SHARES

    काठमाडौं । कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका छन्।

    नेपालले विभिन्न ५ मुलुकका लागि अनअराइभल भिसा बन्द गर्ने निर्णय गरेसंगै उनीहरुले अब अनअराइभल भिसा नपाउने भएका हुन ।



    आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभर कोरोनाबाट अतिप्रभावित मुलुकबाट नेपाल आउन चाहने नागरिकले अब अनअराइभल भिसा नपाउने भएका हुन् ।  दक्षिण कोरिया, जापान, इरान, चीन र इटालीका नागरिकलाई सरकारले अनअराइभल भिषा बन्द गर्ने निर्णय गरेको छ ।



    चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका झण्डै १ सय देशमा फैलिएको छ । जसका कारण हालसम्म ३ हजार ५३ जनाको को मृत्यु भइरहेको छ भने ८८ हजारभन्दा बढी संक्रमित बनेको तथ्यांक सार्वजनिक भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार