Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • रियलद्धारा बार्सिलोना पराजित

    रियलद्धारा बार्सिलोना पराजित

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लेको छ ।

    गएराति घरेलु मैदानमा भएको खेलमा रियलले बार्सिलोनालाई २–० गोल अन्तरले हराउँदै शिर्ष स्थानमा उक्लिएको हो ।



    पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा बार्सिलोनाले दुई गोल खायो । खेलमा रियलका लागि भिनिसियस जुनियर र मारियानो डियाले १–१ गोल गरे ।



    खेलको ७१ औं मिनेटमा भिनसियल जुनियरले प्रहार गरेको बल बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेको खुट्टामा लाग्दै गोल भएको थियो ।

    त्यस्तै, वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका मारियानोले इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गर्दै रियलको जित सुनिश्चित गरेका थिए ।

    एल क्लासिकोको जितपछि रियल ५६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोना ५५ अंकसहित दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार