Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ओलीको सफल शल्यक्रियाको कामना गर्दै मोदीले लेखे यस्तो स्टाटस

    ओलीको सफल शल्यक्रियाको कामना गर्दै मोदीले लेखे यस्तो स्टाटस

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 4.6K
    SHARES

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् ।

    सोमबार बिहान भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सफल शल्यक्रिया र साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।



    प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्–‘मेरा मित्र केपी शर्मा ओलीजीलाई सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। भगवान् पशुपतिनाथले तपाईंलाई सधैँ सुस्वास्थ्य, खुशी र दीर्घायुको आशीर्वाद दिऊन्। भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईँको निरन्तर योगदान रहन्छ भन्ने विश्वास गरेको छु ।’



    प्रधानमन्त्री ओलीदोस्रो पटकको मिर्गौला प्रत्यारोपणगर्तका लागि आज त्रिवि शिक्षण अस्पतालमा भर्ना हुँदैछन् भने बुधबार शल्यक्रिया गर्ने तयारी भएको छ। यसअघि २०६४ सालमा प्रधानमन्त्री ओलीको दुबै मृगौला फेरिएको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार