Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • स्वास्थ्य मन्त्रालयमा डेढ वर्षमा ६ सचिव

    स्वास्थ्य मन्त्रालयमा डेढ वर्षमा ६ सचिव

    अनलाइन नेपाल
  • सोमबार, १९ फाल्गुन २०७६
  • 4.1K
    SHARES

    काठमाडौं  । यादव कोइराला डेढ वर्षमा स्वास्थ्य मन्त्रालय पुग्ने छैटौँ सचिव बनेका छन् । यसअघि पाँच सचिवको सरुवा भएको छ ।

    मन्त्रिपरिषद्को आइतबारको बैठकले स्वास्थ्यसचिव खगराज बराललाई उपराष्ट्रपति कार्यालयमा लगेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कोइरालालाई स्वास्थ्यमा ल्याउने निर्णय गरेको छ ।



    २८ असोज ०७५ मा सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णयसँगै स्वास्थ्य मन्त्रालयको प्रशासनमा अस्थिरता सुरु भएको हो । सरकारले मन्त्रालयमा प्रशासन तर्फका केदारबहादुर अधिकारीलाई मंसिर १७ गते स्वास्थ्य सचिवका रुपमा सरुवा गरेको थियो ।



    माघ ३ मा अधिकारीलाई पनि स्वास्थ्यबाट सरुवा गरेर सरकारले अर्का सचिव चन्द्र घिमिरेलाई स्वास्थ्यमा पठाएको थियो । सरकारले घिमिरेलाई पनि वैशाख २ मा स्वास्थ्यबाट सरुवा गर्‍याे । उनको ठाउँमा कर्णाली प्रदेशको प्रमुख सचिव रहेका रामप्रसाद थपलियालाई पठाइएको थियो । भदौ ९ मा स्वास्थ्य सचिवका रुपमा रहेका रामप्रसाद थपलियालाई हटाएर शिक्षा सचिव रहेका खगराज बराललाई स्वास्थ्य सचिवमा सरुवा गरिएको थियो । उनको पनि सरुवा भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार