Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कोरोनाको आशंकामा दुईजना अस्पताल भर्ना

    कोरोनाको आशंकामा दुईजना अस्पताल भर्ना

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.7K
    SHARES

    काठमाडौं । चीन र दक्षिण कोरियाबाट फर्केका दुई जना नेपाली लाई कोरोना भाइरसको सं‌क्रमण आशंकामा टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

    अस्पतालका अनुसार उनीहरु दुबैजनालाई आइसोलेसन वार्डमा राखिएको छ ।



    एकजनालाई हिजो र एक जनालाई आज आइसोलेसन वार्डमा राखिएको पनि अस्पतालले जनाएको छ ।



    कोरोना प्रभावित देशबाट आएका उनीहरुले ज्वरो आएको जाँच गर्न अस्पताल आएपछि आइसोलेसनमा राखेर जाँच गर्न खोजिएको अस्पतालले जानकारी गराएको छ ।

    अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार नमुना संकलन गरेर ल्याबमा पठाइसकेको र सोमबारसम्ममा रिपोर्ट आउने बताए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार