Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • नेपालीको उद्धार गर्ने पाइलटसहितको टोली कोरोनामुक्त

    नेपालीको उद्धार गर्ने पाइलटसहितको टोली कोरोनामुक्त

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । चीनमा कोरोनोका महामारी फैलिएपछि वुहानबाट १ सय ७५ जना नेपालीको उद्धार गर्ने विमानको पाइलट र चालक दलका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

    उनीहरुको आइतबार प्राप्त स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।



    पाइलट र चालक दलका सदस्य गरी १८ जनालाई नगरकोटस्थित खानेपानी मन्त्रालयको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो ।



    राष्ट्रिय जनस्वास्थ्य प्रयोगालाले उनीहरुको स्वास्थ्य परीक्षणको नमुना शनिबार लिएको थियो ।

    चीनबाट उद्धार गरिएका १ सय ७५ जनालाई भने खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार