Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • शान्ति सेनामा पठाइदिन्छु भन्दै ठगी गर्ने बडु पक्राउ

    शान्ति सेनामा पठाइदिन्छु भन्दै ठगी गर्ने बडु पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली सेनाका सिपाहीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै ठगी गर्ने कुख्यात ठग रमेश बडु पक्राउ परेका छन् । उच्च अदालतबाट कैद सजाय भएका बडुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

    ठगी मुद्दामा उच्च अदालत पाटनको मिती २०७५।०७।१६ गतेको फैसला अनुसार २ महिना ४ दिन कैद र २,५०,०००।–(दुई लाख पचास हजार ) जरिवाना तोकेको भएपनि उनी फरार थिए ।



    महाशाखाले आइतबार ललितपर जिल्लाको नख्खु क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको हो । बडुले नेपाली सेनाको अहरी दमन सिंहदरबार गणमा कार्यरत सिपाही भिम बहादुर भण्डारीलाई आफुले रक्षा मन्त्रालयको सचिव समेतलाई चिनेको छु, शान्ति सेनामा पठाईदिने भन्दै २ लाख ५० हजार बैकमा जम्मा गर्न लगाएका थिए ।



    २०७३ सालमै प्रहरीले पक्राउ गरी मुद्दा चलाएपनि उनी भागेका थिए । उनले राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु भन्दे २४ लाख ठगी गरेको समेत खुलेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार