Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक

    बाँस्कोटाले ‘हामी’ भनेको को–को रहेछन् ? : देउवा

    बाँस्कोटाले ‘हामी’ भनेको को–को रहेछन् ? : देउवा

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा घुस मागेको अडियो सार्वजनिक भएपछि राजिनामा दिएर बसेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको अडियोमाथि प्रश्न उठाएका छन् ।

    प्रतिनिधिसभा बैठकमा आइतबार बोल्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले अहिलेसम्म बास्कोटामाथि छानविन नहुनुले सरकारको दुषित रहेको देखिएको समेत दावी गरे ।



    देउवाले भने–‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालिन सञ्चारमन्त्रीले ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएको एक हप्ता पुगिसक्दा पनि छानविन नहुनु पछाडिको नियत गम्भीर छ । अनी सञ्चारमन्त्री बास्कोटाले ‘कति आउँछ हामीलाई’ भनेर भन्नु भएको रहेछ । ‘हामी’ भनेर कसलाई भनेका हुन् रु हामी भनेको को हो प्रस्ट गर्नुहोस् ।’



    त्यसो त देउवाले उक्त अडियोको छानबिन हुनुपर्नेमा स्वयम् प्रधानमन्त्रीले नै अडियो नक्कली भनेकोमा देउवाले आपत्ति जनाए । उनले भने प्रधानमन्त्रीले यसो भनिरहँदा यसले छानबिन प्रभावित हुँदैन ?’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार