Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेविसंघद्वारा गोकुल बास्कोटालाई कारबाहीको माग गर्दै प्रदर्शन

    नेविसंघद्वारा गोकुल बास्कोटालाई कारबाहीको माग गर्दै प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्ने माग राख्दै आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

    प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्काे नाराबाजी लगाउनुका प्रधानमन्त्री नै भ्रष्टाचारीलाई बचाउन लागेकाे आराेप लगाएका छन् । त्यस्तै सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप थियो ।



    स्वीस कम्पनीका एक जना एजेन्ट विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारको प्रवक्ताको जिम्मेवारीमासमेत रहेका बास्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए । उनले उक्त अडियो टेप बनावटी भएको दाबी गर्दै मिश्रविरुद्ध मानहानी र गालीबेइज्जतीको मुद्दा जिल्ला अदालत काठमाडौंमा दर्तासमेत गरेका छन् ।



    त्यसैगरी नेविसंघले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न माग गरेको छ । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार