Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • ‘ट्रस्टमा ल्याइएको सम्पत्ति यती समूहलाई दिन तपाईंलाई अधिकार कसले दियाे ?

    ‘ट्रस्टमा ल्याइएको सम्पत्ति यती समूहलाई दिन तपाईंलाई अधिकार कसले दियाे ?

    अनलाइन नेपाल
  • आइतबार, १८ फाल्गुन २०७६
  • 2.9K
    SHARES

    झापा । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाल ट्रस्ट मातहत रहेका सरकारी सम्पतिमाथि पछिल्लाे समय लुटतन्त्र मचाइएकाे आराेप लगाएका छन्।उनले सरकारी जमिन यती समूहलाई दिइनु लोकतन्त्रलाई सिध्याउने षड्यन्त्र भएको समेत आराेप लगाए।

    कांग्रेस नेता सिटौला शनिबार झापाको विर्तामोडमा पार्टीको एक कार्यक्रममा निकै आक्रामक रुपमा प्रस्तुत भएर यस्ताे  आराेप लगाए। उनको आक्रोश प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित थियो। उनले पहिलाका राजा–महाराजाका नाममा रहेका जग्गा नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताका लागि उपयोग गरिने भनेर ट्रस्ट मातहत ल्याइएको बताए।



    सिटौलाले भने, ‘ट्रस्टमा ल्याइएको सम्पत्ति यती समूहलाई दिन तपाईंलाई अधिकार कसले दियाे ? लोकतन्त्रका लागि जनआन्दोलनमा तपाईं हामीले गरेका बाचा सबै बिर्सिदिनु भयो?’

    आफू गृहमन्त्री हुँदा पूर्वराजाको नाममा रहेको सम्पत्ति सरकार मातहत ल्याउन संसदमा आफैंले प्रस्ताव गरेको स्मरण गर्दै नेता सिटौलाले संसद तथा प्रधानमन्त्रीलाई व्यापारिक घरानालाई त्यो सम्पत्ति लिजमा दिने अधिकार नभएको बताए।

    सिटौलाले भने, ‘नेपाल ट्रस्ट ऐन गृहमन्त्री भएको नाताले मैले नै संसदमा लगेर पारित गराएँ। गृहमन्त्रीको अध्यक्षता तथा मुख्य सचिव तथा सचिवहरु सम्मिलित समितिबाट उक्त व्यवस्था गरिएको हो, सम्पत्तिको सदुपयोग होस् भनेर। प्रधानमन्त्रीजी, तपाईंको जिल्लाबाट म सोध्न चाहन्छु– तपाईंले कानुन किन फेर्नु भो?’ उनले प्रधानमन्त्रीले मनपरी गर्ने कानुन बनाएको आरोप लगाए। उनले भने, ‘के सँधैभरि तपाईं नै प्रधानमन्त्री हुने हो र ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार