Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुस्लिम मूलकी पत्रकार भन्छिन्–'भारतमा जन्मिएकाेले भाग्यमानी ठान्छु'

भारत – भारतकी मुस्लिम मूलकी महिला पत्रकारले भारतमा आफू जन्मिएकोले भाग्यमानी ठानेको बताएकी छन्। स्वीटजरल्यान्डको जेनेभामा सम्पन्न संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी ४३औं सत्रमा भारतकी महिला पत्रकार अतिका अहमद फारूखीले आफू भारतमा जन्मिएकोले भाग्यमानी ठान्नुका साथै गर्भ महशुस गरेको बताएकी हुन्।

जेनेवाको विश्वव्यापी भेलामा उनले भनिन्,'मेरो पूरै करियरमा न त भारत सरकारबाट कुनै विभेद भएको छ, न कुनै निकायले विभेद गरेको छ, त्यसैले म आफूलाइ भारतमा जन्मिएकोले भाग्यमानी ठान्नुका साथै गर्भ महशुस गर्छु।'

सोही क्रममा उनले भारत मात्र यस्तो देश हो जहाँ सबै जातजातीका मानिसहरू मिलेर बसेको बताइन्। उनले भारतमा हिन्दु, मुस्लिम, शिख, इसाई, बौद्ध धर्मका लगायतका मानिसहरुबीच कुनै विभेद नभइ मिलेर भाइचारा जस्तो व्यवहार गरेको बसेको बताइन्।

उनले यी जातीका समुदायमाथि भारत सरकारले कुनै पनि प्रकारको भेदभाव गरेको छैन। उनले भनिन्,‘ भारत सरकारले पिडिएका तथा अल्पसंख्यक जातीहरुको लागि बेला बेलामा विभिन्न योजनाहरु ल्याउने गरेको छ।

उनले भारतमा बसोबास गर्ने विभिन्न जातीका समुदायहरु साझा रितिरिवाज, खानपान, संस्कृति अनुसार मिलेर बस्नुका साथै रमाउने गरेको बताइन्। उनले भनिन्,‘ भारतमा बस्ने जति पनि जातीका समुदायहरु छन्, उनीहरुबीच धर्मको आधारमा कुनै विभेद छैन।’

उनले दंगा र आन्दोलन जुनसुकै देशमा पनि हुने गरेको बताइन्। तर राज्यको परिचय दंगा र आन्दोलन सम्हाल्न सकिने योग्यताले हुनुपर्ने उनको भनाइ छ। पछिल्लो समय भारतको राजधानी दिल्लीमा नागरिकता विषयलाई लिएर भड्किएको दंगा र आन्दोलन निश्किृय पार्न भारत सरकार सक्षम रहेको उनले बताइन्।

अन्त्यमा उनले भनिन्,‘भारतमा बसोबास गर्ने सबै जातजातीका समुदाय राष्ट्रिय एकताप्रति सचेत छन्, र बाहुल्यता भारतको नैसर्गिक पहिचान हो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077