Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री

    कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा छिट्टै सार्वजनिक हुन्छ : गृहमन्त्री

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    पोखरा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालले छिट्टै आफ्नो नक्सा सार्वजनिक गर्ने तयारी गरेको जानकारी गराएका छन् ।

    केही समय अघि भारतले नेपालको भूमी मिचेर नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले कुनै पनि पहल कदमी गर्न नसकेको आवाज उठिरहेका बेला गृहमन्त्री थापाले आज यस्तो धारणा सार्वजनिक गरेका हुन् ।



    गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै गृहमन्त्री थापाले भारतसँग भूमि फिर्ताका लागि सचिवस्तरीय छलफल तथा कूटनीतिक पहल भइरहेको उनले बताए ।



    कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने–‘हाम्रातर्फबाट समेत नेपाली भूमि फिर्ताका लागि कूटनीतिक लविङ जारी राखेका छौं, नेपालको सम्पूर्ण भूमि समेटेर नक्सा छाप्ने प्राविधिक काम सम्पन्न भएको छ, त्सलाई छिट्टै सार्वजनिक गर्दछौँ ।’

    विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको दावी गर्दै उनले सरकारको मात्र दाबी नभई अन्तर्राष्ट्रिय सङ्घसंस्थासमेतले विगतको भन्दा सुशासनमा राम्रो भएको निष्कर्ष निकालेको दावी गरे ।

    सरकारले सीमामा रहेका ८७ चेकपोष्टलाई बढाएर १०४ पु¥याएको बताउँदै उनले यस वर्षभित्रमा २०० भन्दाबढी पु¥याउने र नेपालको उत्तरी नाकासमेतमा चेक पोष्ट वृद्धि गर्ने लक्ष्य रहेको बताए ।

    गृहमन्त्री थापाले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने पार्टी सचिवालयको निर्णयलाई मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने तथा पार्टीमा बहस हुनु स्वभाविक रहेको स्पष्ट पारे ।

    गोष्ठीमा प्रदेश सरकारका प्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेना गरी तीनै सुरक्षा अङ्गका प्रतिनिधिको सहभागिता रहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार