Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सेक्युरिटी प्रेसको ७० करोड काण्डको सत्यतथ्य बाहिर आउँछ: अध्यक्ष प्रचण्ड

    सेक्युरिटी प्रेसको ७० करोड काण्डको सत्यतथ्य बाहिर आउँछ: अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १७ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    फाइल फोटो

    सुकुटे । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेक्युरिटी प्रेस खरिद सम्वन्धी ७० करोड काण्डको सत्यतथ्य बाहिर आउने वताएका छन्।

    सेक्युरिटी प्रेस खरिद सम्वन्धी ७० करोड काण्डबारे सरकारका सम्वद्ध निकायले छानविन थालिसकेको वताउँदै अध्यक्ष प्रचण्डले गलत भेटिए जो सुकै पनि कारवाहीमा पर्ने वताए। ।
    संविधान संशोधन पार्टीको नभएर उपाध्यक्ष बामदेव गौतमको चाहना भएको प्रचण्डले बताए।



    प्रथम सकुटे महोत्सवको उद्घाटन गर्न यहाँ आएका उनले शनिबार पत्रकारहरुसँगको भेटघाटमा भने, ‘संविधान संशोधन गरेर राष्ट्रियसभामा जाने उहाँ (गौतम) को चाहाना हो।’ तर संविधान संसोधन गर्दा नकरात्मक सन्देश जाने भएकाले गौतम राष्ट्रियसभामा जान तयार भएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे।



    लामो राजनीतिक अनुभव भएकाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय सचिवालयले गरेको जिकिर गर्दै उनले भने, ‘राष्ट्रियसभामा जान संशोधन शर्त बनाउनु भएन भन्ने पार्टीको आग्रहलाई गौतमले मान्नु भयो। बामदेव र नारायणकाजी जस्ता नेताहरु संसदमा पुग्दा संस्थाको इज्जत नै बढ्छ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार