५ लाख ठगी गरेको भन्दै नायक अनमोलबिरुद्ध प्रहरीमा उजुरी::Best Online News Portal of Nepal

५ लाख ठगी गरेको भन्दै नायक अनमोलबिरुद्ध प्रहरीमा उजुरी

५ लाख ठगी गरेको भन्दै नायक अनमोलबिरुद्ध प्रहरीमा उजुरी

अनलाइन नेपाल
  • शुक्रबार, फाल्गुन १६ २०७६

  • 3.1K
    SHARES

  • ५ लाख ठगी गरेको भन्दै नायक अनमोलबिरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं । नेपाली चलचित्र नायक अनमोल केसीबिरुद्ध ठगीको उजुरी परेको छ । आज महानगरिय प्रहरी परिसर काठमाडौंमा उनिबिरुद्ध ५ लाख ठगी गरेको आरोपसहित उजुरी परेको हो ।

    पछिल्लो समय निकै लोकप्रिय बनेका केसीले चलचित्र ‘धुपौरे’ खेल्न सहमती गर्दै निर्माण पक्षबाट ५ लाख एडभान्स लिएको र पछि चलचित्र खेल्न अस्वीकार गरेको भन्दै प्रहरीमा उजुरी परेको परिसर स्रोत बताउँछ ।

    फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुन लागेको चलचित्र ‘धुपौरे’का निर्माताद्धय जयन श्रेष्ठ र रुपेश खड्कीले केसीबिरुद्ध उजुरी हालेका हुन् ।

    चलचित्र ‘धुपौरे’ खेल्नका लागि निर्माण पक्षले गत असोज ३ गते अनमोल केसीसँग सम्झौता गरेको र केसीलाई ४० लाख पारिश्रमिक दिने गरि सहमती भएको उजुरीमा उल्लेख गरिएको छ ।

    त्यसबाहेक अनमोलले निर्माण पक्षबाट थप २ लाख ५० हजार लिएर सम्पर्क विहीन भएको भन्दै उजुरी हालिएको बताइएको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार