Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चितवनमा प्रचण्डले भने – व्यवसायीहरुसँग बैठक नियोजित र भ्रामक

    चितवनमा प्रचण्डले भने – व्यवसायीहरुसँग बैठक नियोजित र भ्रामक

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष बामदेव गौतम नै मनोनित हुने बताएका छन् ।

    प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई नै सिफारीस गर्ने दावी गरेका हुन् ।



    पत्रकारहरुको प्रश्नमा उनले भने–‘गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको हो । उक्त निर्णय प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’



    ‘प्रधानमन्त्रीजीले सिफारीस नगर्ने कुरा म कल्पना सम्म पनि गर्दिन । मैले त्यती बुझेको हो ।’ उनले थपे–‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ । त्यसैले गर्नु भएन भने के भन्नेतिर म अहिले जान चाहन्नँ ।’

    आफु र प्रधानमन्त्री एबं पार्टीका अध्यक्ष केपि ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिबालय बैठकले सर्बसम्मत रुपमा गौतमलाई सिफारीस गर्ने निर्णय भएको दाहालको भनाई थियो ।

    अर्थमन्त्री हुनका लागि राष्ट्रिय सभामा जानै पर्छ भन्ने नभएको भन्दै उनले ६ महिनाका लागि राष्ट्रियसभामा नगएर पनि डा. युवराज खतिवडा अर्थमन्त्री हुन सक्ने बताए ।

    उपाध्यक्ष गौतम सिफारीसका लागि व्यवसायीहरुसँग बैठक बसेको भन्ने भनाई कपोकल्पीत हल्ला मात्र भएको बताउँदै अध्यक्ष दाहालले भने–‘त्यो नियोजित, भ्रामक र कपोकल्पीत छ । त्यस्तो कहि बैठक वा डिनर भएको कसैले प्रमाणीत गरिदियो भने म त्यसलाई बधाई भन्छु ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार