काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बाहेक नेपाका शिर्ष नेताहरुको आज बसेको बैठकले वामदेव गौतमको विकल्प नहुने निष्कर्ष निकालेको छ ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको ४ जना सचिवालय सदस्यको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
खुमलटारमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतमको संयुक्त बैठक बसेको हो ।
खुमलटार स्रोतका अ नुसार उक्त बैठकले गौतमलाई नै राष्ट्रियसभामा पठाउने निर्णय कार्यान्वयन गराउने निष्कर्ष निकालेको हो ।
बुधबार नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमललाई राष्ट्रियसभामा पठाउन मन्त्रिपरिषद्लाई अनुरोध गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय गरेको केही घण्टामा नै प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीले आफू त्यो निर्णय नमान्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै दोहो¥याउने संकेत गरेका थिए । तर, त्यसको चौतर्फी विरोध भएको छ । सञ्चार मन्त्राललयको समेत जिम्मेवारी सम्हालेका डा. खतिवडाले विहिबारको पत्रकार सम्मेलनमा समेत अब सपथ कार्यक्रममा भेटौला भन्दै प्रतिकृया दिएका थिए ।
स्रोतका अनुसार आजको बैठकले पार्टी फुटको संघारमा पुगेको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीलाई भेटेर सामूहिक रूपमा सुझाव दिने, पार्टी नफुटाउने, वामदेवलाई राष्ट्रियसभामा लैजाने र डा.खतिवडालाई पनि व्यवस्थापन गरेर जाने निष्कर्ष निकालिएको छ ।
सचिवालयको निर्णय ओलीले नमान्ने भनेपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । अहिले नेकपामा ९ जना सचिवालय सदस्यमध्ये ओलीको पक्षमा ईश्वर पोखरेल मात्र बाँकी रहेका छन् । ओलीले अल्पमतमा परेपछि पार्टी विभाजन गरेर जान सक्ने अनुमान बहुमत पक्षको छ ।