Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • शानदार जीतसहित म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

    शानदार जीतसहित म्यानचेस्टर युनाइटेड अन्तिम १६ मा

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा शानदार जीतसहित अन्तिम १६ को यात्रा तय गरेको छ । गएराति भएको अन्तिम ३२ को दोस्रो लेगअन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले क्लब ब्रुगलाई ५–० ले पराजित गर्दै समग्रमा ६–१ को जितसहित प्रिक्वार्टरफाइनलको यात्रा तय गरेको हो ।

    पहिलो लेगमा म्यानचेस्टर युनाइटेड १–१ को बराबरीमा रोकिएको थियो । दोस्रो लेगको खेलमा ब्रुनो फेर्नान्डेसले २७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । इग्हालोले ३४ तथा म्याकटोमिनीले ४१औँ मिनेटमा गोल गरेका थिए ।



    घरेलु मैदानमा भएको दोस्रो लेगमा युनाइटेडका लागि फ्रेडले ८२ र इन्जुरी समयको तेस्रो अर्थात ९३औँ मिनेटमा गोल गरेपछि ५–० को जीत निकाल्यो ।



    खेलको २२औँ मिनेटमा डेली सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्लब ब्रुग १० खेलाडीमा सीमित भएको थियो ।
    एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार