Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • चाउथे दुर्घटनामा घाइते भएका दाजु भाइको मृत्यु

    चाउथे दुर्घटनामा घाइते भएका दाजु भाइको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ फाल्गुन २०७६
  • 2.6K
    SHARES

    फाइल : तस्बिर

    पोखरा । पोखरा महानगरपालिका– १४, चाउथेमा बुधबार भएको दुर्घटनामा परी घाइते भएका दाजु भाइको मृत्यु भएको छ ।

    माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका स्याङ्जा अर्जुन चौपारी गाउँपालिका– ५, आरुचौर घर भई हाल पोखरा महानगरपालिका– १४, चाउथे बस्ने ३३ वर्षीय ईश्वरबहादुर क्षत्री र ३८ वर्षीय मेघबहादुर क्षत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



    बुधबार ग१ख ९५९५ नम्बरको माइक्रो बसले ग१४प ५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा क्षत्री दाजुभाइ गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार