Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संसदमा मन्त्री योगेश भट्टराईको राजीनामा माग

काठमाडौं । संसदमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको राजीनामा मागिएको छ। सरकारले संसद्को मर्यादामा चोट पुर्‍याउने गरी गलत विधेयक पेश गरेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले मन्त्री योगेश भट्टराईको राजीनामा माग गरेका हुन्।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद सुवालले विधेयकमा अप्रासंगिक विषय प्रवेश गराएको भन्दै भट्टराईले राजीनामा दिनुपर्ने बताए।

‘विधेयकमा अप्रासंगिक विषय राखिएकाले विधेयक पेश गर्ने सम्बन्धित मन्त्रीले राजीनामा गर्नु आवश्यक छ, राजीनामा नगरे प्रधानन्त्रीले बर्खास्त गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यो विधेयकले सिंहदरबारमा सच्चा मान्छे होइन सिंहदरबार ठगहरूको घेरामा रहेको पुष्टि गरेको छ,’ उनले भने ।

सांसद सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा नेपालको नक्सा आकारको केक काट्नु सार्वभौमिकता विरुद्धको काम भएको टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077