Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • सञ्चारको नवीन सेवामा हाम्रो प्रयास

    सञ्चारको नवीन सेवामा हाम्रो प्रयास

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 6.1K
    SHARES

    २१औं शताव्दी सञ्चारको यूग हो । सञ्चारको उच्चतम रुप र समृद्ध सेवाको रुपमा सूचना प्रविधिको पहुँच र सेवाबाट विश्वको कुनै पनि मुलुकको नागरिक अछुतो रहन अक्सर सक्दैन । मानव जीवनका हरेक पक्षसँग जोडिएको सञ्चारले कुनै न कुनै रुपले मानिसलाई जीवन यापनको माध्यम वा साधन मात्र होइन लक्ष्य समेत बनाएको छ ।

    सञ्चारबाट टाढा रहेर मानिसले सूचना, शिक्षा, मनोरञ्जन वा उत्प्रेरणा केही पनि प्राप्त गर्न सक्दैन । परापूर्वकालमा मानिसले प्रस्तुुत गर्ने संकेत र इसाराको विकसित रुप भाषा र लेखन यतिवेला श्रव्य, दृष्य र ति सबै सञ्चारका रुपको विकसित रुपमा अनलाईन माध्यम आएको छ । सञ्चारको पछिल्लो रुप वा नयाँ पुस्ताको रुपमा अनलाईन माध्यमले समाजका प्रत्येक इकाई मात्र होइन, व्यक्ति विशेषलाई छोएको हुन्छ । सूचना प्रविधिले जन्माएको विद्युतिय माध्यम भनेर चिनिएको अनलाईन माध्यमबाट समाजको कुनै पनि व्यक्ति अछुतो रहन सक्दैन ।



    सूचना प्रविधिले विश्वको कुनै एउटा कुनामा भएको घटना वा सूचनालाई विश्वको अर्को कुनामा रहेको व्यक्तिले सहजै र एकै क्लिकमा थाहा पाउन सक्छ । राज्यले जनताका लागि चालेका कदम जनतासम्म पुर्याउने र नागरिकका दुःख, सुख, पीडा, रोदन, समृद्धि र सफलताका कथा र व्यथा क्षणभरमै फैल्याउन सक्ने क्षमता र ल्याकत अनलाईन माध्यमले राख्छ । हरेक नागरिकलाई हरेक गतिविधिबाट सुसूचित गर्ने दायित्व राज्य र संगठित निकायको हुन्छ । सूचनाको हकबाट कुनै पनि नागरिक वञ्चित हुन नपाउने देशको संवैधानिक प्रत्याभूतिलाई अनलाइन माध्यमले सहजताको भूमिका खेलेको छ ।



    संचारको प्रभावकारी माध्यम अनलाईनले जनउत्तरादायी राज्य र उत्तदरायी नागरिक जन्माउन गहन भूमिका खेलेको हुन्छ । यूगको आवश्यकता र चाहना अनि रुचिलाई ध्यानमा राख्दै हामीले सञ्चारको उच्चतम र नविनतम माध्यम अनलाईनको भिंडमा गुणस्तरिय, व्यवसायिक र उत्तरदायीपूर्ण जिम्मेवारी वहन गर्ने प्रयास गरेका छौं । अनलाईनको नाममा दिन दुई गुणा रात चौगुणा खुलेका संस्थाको भिडमा हामी संख्या थपिनको लागि आएका होइनौं ।

    आमसञ्चारको नाममा अनलाईनबाट गरिने पत्रकारिताको व्यसायिक धर्म, मर्म र भावनाअनुसार हामी कसैका होइनौं तर सबैका हौं भन्ने नारालाई अघि सारेका छौं । पत्रारिताको धर्म कसैको गुणगान र भक्तिभाव होइन । हामी राज्यलाई मात्र होइन, नागरिकलाई समेत जिम्मेवार बनाउन हरेकले गर्ने गतिविधिको मिहिन अध्ययन गर्दै गुण र दोषको आधारमा समर्थन र विरोध गर्छौं । विरोधको नाममा सस्तो टिप्पणी हाम्रो लक्ष्य होइन् । हाम्रो उद्देश्य प्रेस स्वतन्त्रताको भरिपूर्ण प्रयोग गर्दै स्वायत्त, शिष्ट, सन्तुलित र उत्तरदायित्वपूर्ण पत्रकारिताको सीमामा रहने छौं ।

    पत्रकारिताको माध्यमबाट गरिने हाम्रा हरेक क्रियाकलाप राज्य र समाजको पहरेदारीको रुपमा हुनेछ । अन्याय, अत्याचार, बेथिति, असमानता, अपहेलनाबिरुद्ध समानता, न्याय र सन्तुलन अनि समृद्धी हाम्रो लक्ष्य हुने छ । समाजका हरेक बिकृतिको विरुद्ध शसक्त आवाज उठाउँदै आवाजविहिनहरुको आवाज बनेर आउने हाम्रो प्रयासलाई हाम्रा भिजिटर, शुभचिन्तक, विज्ञापनदाता र सहकर्मीहरुको सहयोग, सद्भाव र प्रतिक्रियाको आशामा रहेका छौं । हाम्रो निरन्तर प्रयास पत्रकारिता पेशामा देखिने हरेक चुनौतीको मुकाविला गर्ने नंै रहन्छ । हाम्रो आगामी यात्रा अविरल र निरन्तर हुने नै छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार