Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • विद्यार्थी फर्काइएकोप्रति इक्यानको आपत्ति, आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन माग

    विद्यार्थी फर्काइएकोप्रति इक्यानको आपत्ति, आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन माग

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2.5K
    SHARES

    काठमाडौं । उच्च शिक्षाका लागि विदेश जान लागेका ५८ नेपाली विद्यार्थीहरुलाई विमानस्थलबाट फर्काइएकोप्रति कन्सलटेन्सीहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    इक्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट शिक्षा मन्त्रालयले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) आशयपत्र गलत भएको आशंकामा ५८ जना विद्यार्थी फर्काइएको समाचारप्रति आपत्ति जनाएको हो ।



    इक्यानले शिक्षा मन्त्रालय र अध्यागमन विभागबीच आवश्यक समन्वय नभएको स्पष्ट पार्दै विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन जोडदार माग गरेको छ ।



    विज्ञप्तिमा भनिएको छ–‘सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाई मर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन जोडदार इक्यान जोडदार माग गर्दछ । ’

    शिक्षा मन्त्रालयले ध्यान नदिँदा निर्दोष विद्यार्थीले समस्या भोग्नु परेको इक्यानले स्पष्ट पारेको छ । ‘शिक्षा मन्त्रालयले ध्यान नदिँदा केही दलाल तथा बिचौलियाहरुले यसको फाइदा उठाउँदै नक्कली कागजात बनाएर सोझासाझा विद्यार्थीलाई फसाएको प्रष्ट हुन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

    त्यस्तै, इक्यानले घटनाका दोषीलाई कडा कारबाही तथा तथा नर्दोष विद्यार्थीको क्षति भएको हवाई टिकट वापतको रकम निज वा निजले तोकेको परिवारको सदस्यमार्फत् क्षतिपुर्ति दिलाउन सम्बन्धित सरकारी निकाय समक्ष माग गरेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार