Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • सीपी मैनाली कार दुर्घटनामा परी गम्भीर घाइते

    सीपी मैनाली कार दुर्घटनामा परी गम्भीर घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 3.2K
    SHARES

    महोत्तरी । नेकपा (माले) का महासचिव सीपी मैनाली कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी उनी गम्भीर घाइते भएका छन्।

    महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किदा दुर्घटना भएको हो। बिपी राजमार्गकाे बर्दिवास नगरपालिका खण्डमा पर्ने कालापानी भन्ने ठाउँमा ठोक्किएर दुर्घटना भएको हो।



    दुर्घटनामा परी महासचिव मैनाली, उनकाका छोरा, बुहारी , नाती र चालकसमेत पाँच जना घाइते भएका छन् ।



    इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाई‌ले उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार