Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • डेथ एनिभर्सरी मनाउन केकको लास काटियो

    डेथ एनिभर्सरी मनाउन केकको लास काटियो

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2K
    SHARES

    काठमाडौं । दुनियाँमा हरेक देशका रहनसन तथा संस्कृति र परम्पराहरु फरक(फरक हुन्छन् । कतिपय ठाउँका संस्कारहरु यस्ता अनौठा हुन्छन् कि सुन्नेलाई पनि असजिलो लाग्दछ ।

    पछिल्ला दिनहरुमा एउटा भिडियो सोसल मिडियामा निकै चर्चित बनिरहेको छ । उक्त भिडियोमा कुनै व्यक्तिको डेथ एनिभर्सरी अर्थात् निधनको वार्षिकीमा मृतकको लासको स्वरुपमा तयार पारिएको केक केही मानिसहरुले काटेर खाइरहेका छन् ।



    उक्त लासरुपी केक सर्भ गर्नका लागि त्यहाँ वेटरहरु पनि देखिन्छन् । साथै भिडियोमा केही फोटोग्राफरहरुले तस्वीर खिचिरहेको पनि देखिन्छ ।



    उक्त भिडियो स्पेनको भएको बताइएको छ । तर स्पेनको कुन ठाउँमा खिचिएको हो भन्नेचाहिँ खुलेको छैन ।

    केकबाट बनाइएको मृतकको शरीरलाई काटेर पाहुनाहरुले खाइरहेको दृश्य अनौठो लाग्दो अवश्य पनि छ । – एजेन्सीको सहयोगमा

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार