Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा गत आइतबारदेखि भड्किएको हिंसामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । ‘पीटीआई’ समाचार एजेन्सीले स्वास्थ्य विभागका एक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार हिंसाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।

दिल्लीको उत्तरपूर्वी क्षेत्रमा जारी हिंसामा सयौँको संख्यामा घाइते भएको जनाइएको छ । हिंसाका क्रममा घाइते भएकाहरुलाई अस्पताल लगिएको थियो ।

तीमध्ये दिल्लीस्थित गुरु तेगबहादुर अस्पताल (जीटीबी अस्पताल) प्रशासनले ३० जनाको मृत्यु भएको जानकारी दिएको छ भने नायक जयप्रकाश नारायण अस्पतालमा थप दुई जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077