Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • टी–२० क्रिकेट खेलमा अष्ट्रेलियाले जित्यो सिरिज

    टी–२० क्रिकेट खेलमा अष्ट्रेलियाले जित्यो सिरिज

    अनलाइन नेपाल
  • बिहिबार, १५ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    एजेन्सी । टी–२० क्रिकेट सिरिज पाहुना टोली अष्ट्रेलियाले जितेको छ । दक्षिण अफ्रिकाविरुद्ध तीन खेलको सिरिजमा अष्ट्रेलियाले जितेको हो । बुधबार राति भएको खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ९७ रनले हरायो । यससँगै सिरिज अष्ट्रेलियाले २–१ ले जित्यो ।

    एक सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५.३ ओभरमा सवै विकेटको क्षतिमा ९६ रनमा सकेटिएको थियो ।



    दक्षिण अफ्रिका लागि रस्सी भानडर दुसेनले २४, हेनरिक क्वालासेनले २२ र डेविड मिलरले १५ रन बनाए । अन्य ब्याट्सम्यानदे दोहोरो अंकको रन जोड्न सकेनन् । अष्ट्रेलियाका मिचेल स्टार्क र एस्टन एगरले तीन तीन विकेट लिए । एडम जम्पाले दुई तथा प्याट कमिन्स र मिचेल मार्शले एक एक विकेट लिएका थिए ।



    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९३ रन बनाएको थियो । अष्ट्रेलियाका लागि डेविड वार्नरले ५७ रन बनाए । कप्तान एरोन फिन्चले ५५, स्टिभ स्मिथले अविजित ३०, मिचेल मार्शले १९ र म्याथ्यु वेड १० रन बनाए ।

    दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिच नोर्टिज, लुन्गी निग्डी ड्वेन प्रिटियोरस र तरवेज शम्सीले एक एक विकेट लिएका थिए । अष्ट्रेलिया पहिलो खेलमा एक सय सात रनले विजयी भएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिका १२ रनले विजयी भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार