Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुप्तचरलाई फोन ट्यापिङ सुविधा दिने गरी सहमति

काठमाडाैं । फोन ‘ट्यापिङ’को प्रावधानमा सहमति जुटेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधवार व्यक्तिगत फोन ‘ट्यापिङ’को विवादित प्रावधान नहटाउने पक्षमा मत आएको हो ।

नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि विधायन समितिमा दफावार छलफल भइरहेको छ ।

दफा १० को सूचना संकलनसम्बन्धी प्रावधानमा केही शब्द हेरफेरसमिति सहमति जुटेको समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।

‘धेरै देशमा फोन ट्यापिङको व्यवस्था छ,’उनले भने,‘व्यक्तिगत गोपनियता सुरक्षित राख्ने गरी यो प्रावधान अघि बढाउने सहमति भएको छ ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077