Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कांग्रेसभित्र शुद्धीकरण अभियान

    कांग्रेसभित्र शुद्धीकरण अभियान

    अनलाइन नेपाल
  • बुधबार, १४ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसभित्र शुद्धीकरणको माग उठिरहेको छ । निर्वाचनमा सानो आकारमा खुम्चिएको कांग्रेसभित्र शीर्ष नेताहरूको विरोधमा शुद्धीकरणको कुरा उठ्न थालेको छ । सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा.शशांक कोइरालासहितका नेताहरू मार्ग प्रसस्त गरिदिन युवा पंक्तिले झिनो आवाजमा दवाव दिएका छन् ।

    युवा पुस्ताको हातमा कांग्रेस गयो भने अहिलेको भन्दै धेरै राम्रो पोजिशनमा कांग्रेस जाने युवा नेताहरुको दावी छ । स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेतृत्वको गलत नीति र निर्णयका कारण कांग्रेस पराजित हुन पुगेको हो । सभापति देउवाले भरतपुर महानगरपालिकामा माओवादीकी रेणु दाहाललाई भोट हाल्न निर्देशन दिएपछि गडबडी शुरु भएको थियो । कांग्रेसका कार्यकर्ताहरूलाई कम्युनिस्टको उम्मेदवारको पक्षमा भोट हाल्न निर्देशन दिनु नै गलत रहेको पुष्टि हुँदै गएको छ ।



    त्यति मात्रै होइन सत्तामा रहेका बेला कांग्रेसका सीमित नेताहरूले आफ्नो स्वार्थअनुकूलको निर्णय गरे । उनीहरूले आफू र आफ्नो परिवारको नाममा सम्पत्ति जोड्ने काम पनि गरे । अकुत सम्पत्ति कमाएका कांग्रेसका नेताहरू धमाधम खोरमा जान थालेका छन् । कांग्रेस आफैले शुद्धीकरण चलाउन सकेको थिएन । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कांग्रेसभित्र शुद्धीकरणको अभियान चलाइदिएको छ ।



    देश, जनता र पार्टीलाई बेवास्ता गरेर अकुत सम्पत्ति कमाइ गरेका कांग्रेस नेताहरूलाई मुद्धा चलाउने तयारी सरकारले गरेको छ । केही नेताहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत ठेगान लगाउनेक्रम शुरु भएको छ । बाँकी नेताहरूलाई सरकारले सम्पत्ति शुद्धीकरण विभागमार्फत तह लगाउने समेत चर्चा शुरु भएको छ । अकुत सम्पत्ति कमाएका कांग्रेसका नेताहरूलाई कम्युनिस्ट सरकारले मुद्धा चलायो भने कांग्रेसको नेतृत्व युवा पुस्ताको हातमा जाने देखिन्छ ।

    विजयकुमार गच्छदारलाई अख्तियारले मुद्धा चलाएपछि गगन थापालगायतका युवा नेताहरु खुसी भएका छन् । आफ्नो सरोकार नै नभएको मन्त्रालयको फाइल किन गच्छदारले क्याविनेटमा लगे भनेर थापाले विरोध जनाइसकेका छन् । गच्छदार दोषी छन् वा छैनन् अदालतले भन्नेछ । तर, गच्छदार अधिकांश सत्तामा बसेका नेता हुन् । गच्छदारप्रति कांग्रेसभित्र कार्यकर्तामा खासै राम्रो ईमेज छैन ।

    युवा पुस्तामा कांग्रेसको नेतृत्व गयो भने निर्वाचनमा कांग्रेसका उम्मेदवारहरूले जित्ने थापा पक्षको बुझाइ छ । कांग्रेसको अहिलेको नेतृत्व कमजोर र अफल बन्दै गएको सबैले भन्न थालेका छन् । हरेक ठाउँमा कांग्रेसको नेतृत्व चुक्दै गएको छ । विमलेन्द्र निधि, आरजु राणा देउवा, सुजाता कोइराला, डा.रामशरण महत, प्रकाशमान सिंह, डा.प्रकाश शरण महत, अर्जुननरसिंह केसी, डा.मीनेन्द्र रिजाललगायतका नेताहरूको ईमेज कांग्रेसका कार्यकर्ताहरूमा राम्रो छैन ।

    उनीहरूलाई कुनै न कुनै विषयमा कांग्रेसका कार्यकर्ताहरूले आक्षेप लगाउने गरेका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई कांग्रेसका कार्यकर्ताहरूले सम्मानित नेता भएर पार्टीको संरक्षणमा लाग्नुपर्ने सुझाव दिन थालेका छन् । देउवा र पौडेलले सहि निर्णय र नीति अवलम्बन गर्न नसकेकै कारण समस्या आएको आरोप छ । कांग्रेस आफैले शुद्धीकरण गर्नुपर्नेमा सरकारले कांग्रेसभित्र शुद्धीकरण चलाइदिएर राम्रो निर्णय गरेको टिप्पणी हुन थालेको छ ।

    कांग्रेसमा पैसाको बलमा सांसद, नेता र मन्त्री बनेकाहरूलाई पनि शुद्धीकरण अभियानबाट ठाउँमा पु¥याउनुपर्ने युवा नेताहरुको बुझाइ छ । व्यापारीहरू विनोद चौधरी, उमेशलाल श्रेष्ठ, जिपछिरिङ लामा, बहादुर लामा, मोहनप्रसाद आचार्यलगायतलाई पनि शुद्धीकरण अभियानबाट सहि ठाउँमा पु¥याउनु पर्ने उनीहरुको माग छ । पैसावालहरूका कारण पार्टीभित्र योगदान गरेका र सक्षम नेताहरूले अबसर नपाएको पनि उनीहरुको भनाई छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार