Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • अन्ततः बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने पक्का

    अन्ततः बामदेव गौतम राष्ट्रियसभा सदस्य बन्ने पक्का

    अनलाइन नेपाल
  • बुधबार, १४ फाल्गुन २०७६
  • 3.7K
    SHARES

    काठमाडौं । लामो उतार चढावका बावजुद अन्ततः बर्दियामा पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित हुने भएका छन्।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।्



    उनले भने,‘ आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो ।’



    यसअघि गौतमले प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन हुने भएमात्रै आफू राष्ट्रियसभामा जाने बताएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार