Online Nepal
  • मंगलबार, २४ असार २०८२
  • राज्यमन्त्रीका सल्लाहकारद्वारा किशोरीलाई बन्धक बनाइ चार दिनसम्म बलात्कार

    राज्यमन्त्रीका सल्लाहकारद्वारा किशोरीलाई बन्धक बनाइ चार दिनसम्म बलात्कार

    अनलाइन नेपाल
  • बुधबार, १४ फाल्गुन २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । पछिल्लो पटक मन्त्रिपरिषद् विस्तार गर्नेमा शहरी विकास राज्यमन्त्री पदमा नियुक्त भएका रामवीर मानन्धरका आर्थिक सल्लाहकार अमृतकुमार घलेले एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेका छन्। १७ वर्षीया किशोरीलाई बन्धक बनाएर ५२ वर्षीय घलेले चार दिनसम्म बलात्कार गरेका हुन्।

    घलेले किशोरीलाई आफ्नो कोठामा चार दिन बन्धक बनाएर बलात्कार गरेको भन्ने सूचना पाएपछि गत फागुन १ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो।



    कक्षा १२ मा अध्ययनरत ती किशोरी आफ्नो घर काठमाडौँबाट सिन्धुली गएकी थिइन्। तर घरबाट फर्कनेबेला बनेपामा ती किशोरीलाई अमेरिका लगिदिन्छु भन्दै त्यहाँबाट घलले आफ्नो मोटरसाइकलमा काठमाडौं ल्याए।

    पछि उनले टोखास्थित आफ्नो फ्ल्याटमा बन्धक बनाई बलात्कार गरेको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

    ती किशोरीले आफ्नो परिवारलाई गोप्य रूपमा बन्धक बनाएर बलात्कार भएको जानकारी गराएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। सिन्धुलीकी ती किशोरी काठमाडौंमा आफ्नी दिदीसँग बस्थिन्।

    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार