काठमाडौं । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राजधानी नयाँ दिल्लीमा भएको प्रदर्शनको क्रममा पाँच जनाको ज्यान गएको छ ।
नागरिकता संशोधन कानूनको विरोध र समर्थनमा प्रदर्शनमा उत्रिएकाहरुबिच भएको भिडन्तमा पाँच जनाको ज्यान गएको हो । बीबीसीमा प्रकाशित समाचार अनुसार चार जना प्रदर्शनकारी तथा एक प्रहरीको ज्यान गएको हो ।
त्यस्तै २४ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको विभिन्नि अस्पतालमा उपचार भइरहेको छ । कानूनका समर्थक तथा विपक्षीहरुबीचको झडपमा सवारी साधन प्रयोग गरेर प्रदर्शनकारीहरुलाई तितरबितर पारिएको थियो । त्यस्तै प्रहरीले गोल समेत चलाएको थियो भने प्रदर्शनकारीहरुले पनि गोली चलाएको फोटो सार्वजनिक भएको छ ।
उक्त कानून भारतका २ करोड मुसलमानहरुविरुद्ध आएको भन्दै लामो समयदेखि प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध आन्दोलन भएको छ । सोमबार भारत भ्रमणमा गएका राष्ट्रपति ट्रम्प अहमदाबाद पुगेका थिए ।
उनी आज नयाँ दिल्ली पुग्ने कार्यक्रम छ । उनलाई दिल्लीमा भब्य स्वगत गर्ने तयारी भइरहेको र अर्कोतिर प्रदर्शन पनि भइरहेको बेला दिल्लीको सुरक्षा व्यवस्था अत्यान्तै कडा पारिएको छ ।
Leave a Reply