Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • सेक्युरिटी प्रेस खरिद प्रकरण

    कार्की मन्त्री हुँदा जागिर खाएका पौडेल यसरी बनेका थिए बाँस्कोटाका विश्वासिला

    कार्की मन्त्री हुँदा जागिर खाएका पौडेल यसरी बनेका थिए बाँस्कोटाका विश्वासिला

    अनलाइन नेपाल
  • सोमबार, १२ फाल्गुन २०७६
  • 3.7K
    SHARES

    गाेकुल बास्काेटा

    काठमाडौं । स्वीस कम्पनिका नेपाली एजेन्ट विजय प्रकाश मिश्रासँग सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिशनको डिल गरेको अडियो रेकर्ड बाहिरिएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजिनामा नै दिनुपर्यो ।

    त्यतिमात्र होइन, उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन नै थालिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासिला पात्र मानिने पूर्व मन्त्री बाँस्कोटामाथि यस अघि पनि धेरै प्रश्न उब्जिएका थिए ।



    प्रधानमन्त्रीको नजिक भएकै कारण उनले आफ्नो पद जोगाइरहेका थिए । तर, ७० करोड मागेको अडियो नै सार्वजनिक भएपछि कहिल्यै भ्रष्टाचार गरेको छैन र गर्दिन भनेर पटक–पटक भन्दै आएका बाँस्कोटा यतिबेला पदबाट राजिनामा दिएर मुख लुकाइरहेका छन् ।



    मन्त्रीले राजिनामा दिए लगत्तै उक्त सेक्युरिटी प्रेस खरिदमा सक्रिए अर्का पात्र भने अमेरिका पुगेका छन् । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल यतिबेला अमेरिकामा छन् ।

    पौडेलले नै सेक्युरिटी प्रेस स्थापनाका लागि शंकास्पद भूमिका खेलेका थिए । यसै विषयमा संसद्को लेखा समिति बैठकमा बिहीबार सांसदहरूले प्रश्न गर्दा पौडेल बोल्न सकेका थिएनन् ।

    “७० करोड मागेको अडियो नै सार्वजनिक भएपछि कहिल्यै भ्रष्टाचार गरेको छैन र गर्दिन भनेर पटक–पटक भन्दै आएका बाँस्कोटा यतिबेला पदबाट राजिनामा दिएर मुख लुकाइरहेका छन्”

    सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिए लगत्तै त्यही राति पौडेल अमेरिका उडेका हुन् ।

    १० दिने बिदा स्वीकृत गराएर अमेरिका उडेका उनका पत्नी, छोरा र छोरी अमेरिकामै बसोबास गर्ने भएकाले कतै नफर्कने त होइन् भन्ने आशंका पनि उब्जिएको छ ।

    पौडेल पत्नीको अमेरिकी ग्रिनकार्ड रहेकाले पनि यस्तो आशंका उत्पन्न भएको स्रोत बताउँछ ।

    २०७४ असारमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक नियुक्त भएका पौडेलले अघिल्लो वर्ष माघमा फ्रान्सको आईएन ग्रुपसँग प्रेस स्थापनाका लागि भएको समझदारीमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका हैसियतमा हस्ताक्षर गरेका थिए ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटा युरोप भ्रमणमा गएका बेला उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

    तर, उनै पौडेलले अहिले जर्मन कम्पनी भेरिडोसलाई सेक्युरिटी प्रेस स्थापनाको काम दिन पहल गरेपछि उक्त अडियो सार्वजनिक भएको स्रोतको दाबी छ ।

    हुन त राष्ट्रिय सूचना प्रविधि केन्द्रको सहायक निर्देशक भएका बेला पौडेलले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) खरिद प्रक्रियामा पनि शंकास्पद भूमिका खेलेको भन्दै लेखा समितिमा आवाज उठेको थियो ।

    त्यतिबेला उनै पौडेल एमआरपी खरिद गर्ने क्रममा फ्रान्सेली कम्पनी ओबर्थरलाई ठेक्का दिलाउन सक्रिय भएर लागेका थिए ।

    यहि ठेक्काकै शिलशिलामा ओबर्थरका प्रतिनिधि फ्लोरियन प्याकुलिनसँग नजिक बनेका पौडेलले ओबर्थर छाडेर केही समयअघि जर्मन कम्पनी भेरिडोसमा काम गर्न थालेका उनै प्याकुलिनसँग मिलेर फेरि प्रिन्टिङ प्रेसको ठेक्का जर्मनी कम्पनीलाई नै मिलाउन लागि परेका थिए ।

    फ्रान्सको आईएन ग्रुपसँग सेक्युरिटी प्रेस स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको अवस्थामा पौडेलकै पहलमा जर्मन कम्पनीले प्रेस स्थापनाका लागि प्रस्ताव पेस गरेको थियो ।

    यसअघि यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स र प्रिन्टर खरिदका लागि गरेको ठेक्कामा पनि पौडेलले ठूलो भूमिका खेलेका थिए ।

    पौडेललले ठूलो चलखेल गरी स्मार्ट लाइसेन्स र प्रिन्टर खरिदका लागि भारतीय मद्रास सेक्युरिटी प्रिन्टर्सलाई भित्र्याएका थिए ।

    त्यसैगरी पौडेल गत वर्ष सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, एक हजार सामुदायिक विद्यालयमा आईटी ल्याब स्थापना, नेपाल टेलिकमले दुई कम्पनीलाई दिएको फोरजीको ठेक्काजस्ता काममा सक्रिय थिए ।

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राम कार्की सूचना तथा सञ्चारमन्त्री हुँदा पौडेल खुला प्रतिस्पर्धामार्फत सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार