Online Nepal
  • बिहिबार, ४ बैशाख २०८२
  • बाँस्काेटालाई लक्षित गरी प्रचण्डले भने- ‘गल्ती गर्नेलाई छुट दिने पक्षमा छैनौं’

    बाँस्काेटालाई लक्षित गरी प्रचण्डले भने- ‘गल्ती गर्नेलाई छुट दिने पक्षमा छैनौं’

    अनलाइन नेपाल
  • शनिबार, १० फाल्गुन २०७६
  • 1.9K
    SHARES

    नवलपुर – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्।

    प्रेस संगठन नेपाल नवलपुरद्वारा शनिबार गरेको पत्रकार भेटघाटमा प्रचण्डले कसैले गल्ती गरेको भए पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे । ‘सञ्चारमन्त्रीको विषयमा आएको कुराबारे प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ’ उनले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । म अहिले यति मात्रै भन्न चाहन्छु, गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं ।’



    उनले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताए । साथै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुलाई आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख बताए ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार