Online Nepal
  • आइतबार, ७ बैशाख २०८२
  • यौन धन्दा चलाउन फ्ल्याट नै भाडामा!

    यौन धन्दा चलाउन फ्ल्याट नै भाडामा!

    अनलाइन नेपाल
  • शनिबार, १० फाल्गुन २०७६
  • 2.7K
    SHARES

    झापा – झापामा यौन धन्दा चलाउन गिरहाले फ्ल्याट नै भाडामा लिएका छन्। पूर्वी नाका काँकरभिट्टाका होटलहरुमा प्रहरीले निगरानी बढाएपछि यौन धन्दा चलाउने गिरहो फ्ल्याट नै भाडामा लिएका हु्न्। मेचीनगर नगरपालिका–७, प्यारीभिट्टामा चार तले घर भाडामा लिएर यौनजन्य गतिविधि चलाउने गरेको भेटिएको प्रहरीले फेला पारेको छ।

    जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख कृष्णप्रसाद कोइरालाका अनुसार यसमा संलग्न तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर–६ का ४८ वर्षीय सूर्य भनिने श्यामप्रसाद शिवकोटी, ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मोरङ घर भइ मेचीनगर बस्दै आएका ४४ वर्षीय तुलसी कट्टेल छन् ।



    कोइरालाका अनुसार यौनजन्य गतिविधिविरुद्ध निगरानी बढाउने क्रममा इलाका प्रहरी कार्यालय, काँकरभिट्टाबाट खटिएको टोलीले २० र २१ वर्षकी दुई जना महिलालाई शंकास्पद अवस्थामा फेला पारेको थियो । सोधपुछका क्रममा उनीहरुले आफ्नो घर भक्तपुर र मोरङ भएको बताएका थिए ।

    उनीहरुमार्फत प्रहरी यौनधन्दा सञ्चालन भइरहेको फ्ल्याटसम्म पुगेको जनाइएको छ । यो समूहले युवतीहरुलाई अन्य विभिन्न होटलमा पनि पठाउने गरेको पाइएको कोइराला बताउँछन् । युवतीहरुमाथि शारीरिक र मानसिक यातना पनि दिइने गरिएको प्रहरी दाबी छ । पक्राउ परेकाहरुमाथि मानव बेचबिखन तथा ओसारपसार ऐनअनुसार जिल्ला अदालत, झापाबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार