Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • सुनको मूल्य लगातार किन बढ्दै छ?

    सुनको मूल्य लगातार किन बढ्दै छ?

    अनलाइन नेपाल
  • शुक्रबार, ९ फाल्गुन २०७६
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं – पछिल्लो नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार छापाबाल सुन ७८ हजार १ सयमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

    सुनको भाउ शुक्रबार प्रति तोलो पाँच सय रुपैयाँले बढेको हो । तेजावी सुन पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ७७ हजार ८ सय रुपैयामा कारोबार भएको छ । एक हप्तामै मात्र सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको छ । चाँदी भने तोलाको ९ सय १५ रुपैयाँमा कारोबार भएको छ ।



    कोरोना भाइरसको संक्रमण र शक्तिराष्ट्रविचको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । सुनको मूल्य अझै बढने अनुमान अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



    एक बर्षअघि दैनिक ५० किलोसम्म सून विक्री हुँदै आएकोमा अहिले दैनिक २० किलोमा सीमित भएको छ ।  खरिद गर्ने भन्दा बिक्री गर्न चाहानेहरु बढेको नेपाल सुनचादी ब्यवसायी संघले जनाएको छ । मूल्य बढेपछि बजारमा सुन कारोबार ठप्प जस्तै भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार