Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • कलेजभित्रै छात्रा बलात्कृत

    कलेजभित्रै छात्रा बलात्कृत

    अनलाइन नेपाल
  • बिहिबार, ८ फाल्गुन २०७६
  • 3.2K
    SHARES

    काठमाडौँ – बानेश्वर नजिकै रहेकाे मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् ।

    क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छिन् ।



    पीडित २९ वर्षीया छात्राले उजुरी दिएलगत्तै नेपाल कमर्स क्याम्पसमा तेस्रो समेस्टरमा अध्ययनरत कैलाली लम्कीका २१ वर्षीय लोकेश ढकाललाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ । माघ २९ गते बुधबार भएको यस घटनाको जानकारी प्रेसलाई बुधबार मात्र गराएको हो ।



    आफूसँगै कक्षामा प्रवेश गरेका ढकालले कोही पनि नभएको मौका छोपेर आफूमाथि जबरजस्ती दुर्व्यवहार गरेको किटानी जाहेरी पीडित छात्राले प्रहरी समक्ष दिएकी छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार