Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • हात्तीपाइले रोगविरुद्धको औषधीले काम गरेन

    १३ जिल्लामा फेरिऔषधी खुवाइँदै

    १३ जिल्लामा फेरिऔषधी खुवाइँदै

    अनलाइन नेपाल
  • सोमबार, २७ माघ २०७६
  • 2K
    SHARES

    हात्तीपाइले रोग लागेपछिको खुट्टाको अवस्था

    काठमाडौं । सरकारले आइतबार कगल विभिन्न १३ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी दिदै छ । शनिबार औषधी खान छुटेकाहरुलाई आइतबार दिन थालिएको स्वथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस बर्ष विभिन्न १३ वटा जिल्लाका ७४ लाख ६१ हजार मानिसलाई औषधि खुवाउने सरकारको लक्ष्य रहेको छ ।
    मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलबस्तु, दाङ ,बाँके , बर्दिया , कैलाली र कञ्चनपुरमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदैछ ।
    चिकित्सकहरुले खाली पेटमा औषधी नखान सुझाएका छन्। साथै दुई वर्षमुनिका बालबालिका, कडा रोग लागेका बिरामी, सुत्केरी र गर्भवती महिलालाई पनि हात्तीपाइलेको औषधी खुवाउन नहुने चिकित्सकहरुले जानकारी दिएका छन्। शरीरमा हात्ती पाइले रोगको परजीवि भएका ब्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुख्ने, वाकवाक लाग्ने तथा पेट दुख्ने जस्ता लक्षण देखा पर्नसक्छन् ।
    यस्तो लक्षण देखिएमा औषधिले प्रभावकारी रुपमा काम गरेको भनेर बुझ्न महाशाखाले जनाएको छ । हात्तीपाइले रोग मानिसलाई अशक्त,असमर्थ तथा अपाङग बनाउने एक सरुवा रोग हो। यो एक प्रकारको मसिनो जुकाजस्तै परजिवीको संक्रमणका कारण लाग्ने चिकित्सकले जनाएका छन् ।
    यो संक्रमित लामखुट्टेको टोकाइबाट पनि सर्छ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केहि बर्षपछि मात्रै लक्षणहरु देखिन सुरु गर्छन् । नेपालमा सन् २००३ देखि आम औषधि सेवन कार्यक्रम सुरु गरिएको हो । नेपालमा सन् २०२० भित्र यो रोग निवारण गर्ने लक्ष्य राखिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार