Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • बास्केटबलर कोबे ब्रायन्टको निधन

    बास्केटबलर कोबे ब्रायन्टको निधन

    अनलाइन नेपाल
  • सोमबार, १३ माघ २०७६
  • 3.2K
    SHARES

    काठमाडौं – चर्चित अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्टको निधन भएको छ । क्यालिफोर्नियाको क्यालाबास शहरमा भएको हेलिकप्टर दुर्घटनामा उनी, उनकी छोरी जियाना सहित ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
    ४१ वर्षिय ब्रायन्टसहित ९ व्यक्ति सवार निजी हेलिकप्टर खसेपछि त्यसमा ठूलो विस्फोटसहित आगलागी भएको थियो । लस एन्जल्स काउन्टी शेर्रिफले घटनामा कोही पनि जिवित नभेटिएको जनाएको छ ।
    पाँच पटक एनबिए च्याम्पियन रहिसकेका ब्रायन्टलाई बास्केट बल इतिहासकै महान खेलाडीमध्येको एक हुन् । उनको निधनमा सेलिब्रेटी तथा उनका समकालिन खेल स्टारहरूले उनको असामयिक निधनमा गहिरो शोक व्यक्त गरेका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार