Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • घ्याम्पेसालमा अञ्जली, कला र बद्रीको यस्तो रुप

    घ्याम्पेसालमा अञ्जली, कला र बद्रीको यस्तो रुप

    अनलाइन नेपाल
  • सोमबार, १३ माघ २०७६
  • 2.2K
    SHARES

    घ्याम्पेसाल । कलाकारहरूले मेला र महोत्सवहरूबाट राम्रो कमाई गरिरहेका छन् । कलाकारहरूलाई काठमाडौं उपत्यकामा भन्दा जिल्लाहरूमा इज्जत छ र कमाई पनि । गाउँका जनताले कलाकारहरूलाई धेरै मन पराउँछन् । केन्द्रका कलाकारहरूको प्रस्तुति हेर्न गाउँका जनताहरू आतुर रहेका हुन्छ ।

    कलाकारहरूले पनि दर्शक स्रोताहरूलाई खुसी बनाइरहेका छन् । मेला र महोत्सवहरूमा महिला कलाकारहरूले बिकृति पनि फैलाएको आरोप लाग्ने गरेको छ । प्रस्तुति देखाउने बेला आफ्ना गोप्य अंगहरू देखाएर भिडलाई उत्तेजित बनाउने गरेको बेलाबेला समाचार आउने गरेका छन् । कलाकारहरूले आफूले दिएको प्रस्तुतिले फाइदा गर्छ वा बेफाइदा गर्छ त्यसमा ध्यान दिनुपर्छ ।



    कमाइ हुने स्रोतलाई बचाइ राख्ने वा त्यो स्रोतलाई बन्द गर्ने कलाकारहरूको हातमा छ । त्यसैले आफ्ना प्रस्तुतिहरूलाई मर्यादित बनाउनु नै उचित हुन्छ । र, महिला कलाकारहरूले आफ्नो ईज्जतलाई बचाइ राख्नुपर्छ । महिला कलाकारहरूको रिलेशनका विषयमा पनि धेरै कुरा बाहिर आइरहेका छन् । ती हल्लाहरूमा सत्यता नहोस् ।



    तर, हल्लामा केही सत्यता पनि हुन सक्छ । पुरुष कलाकारहरूले पनि मेला र महोत्सवमा गएका बेला स्थानीय महिला र युवतीहरूलाई आफूतिर आकर्षित गरेर कलाकारिताको दुरुपयोग गरेको आरोप पनि छ । पुरुष कलाकारहरूले पनि आफूलाई मर्यादामा राख्नै पर्छ । होइन भने त्यसले एकदिन नराम्रो रुप लिनेछ ।

    केही दिन अगाडि गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिकाको वडा नम्बर १, घ्याम्पेसालको श्री दुल्लभ माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको समापन कार्यक्रम कार्यक्रममा मोडल अञ्जली अधिकारी, गायिका कला लम्साल र गायक बद्री पंगेनीले प्रस्तुति दिएका थिए ।

    उनीहरू प्रस्तुति हेर्न गाउँका सयौँ शुभेच्छुकहरू अँध्यारो हुँदासम्म बसेका थिए । पानी, हावाहुरी र जाडोको प्रवाह नगरी प्रस्तुति हेर्न बसेका शुभेच्छुकहरूलाई उनीहरूले भरपुर रुपमा मनोरञ्जन दिए ।

    मनोरञ्जन दिने बेला अञ्जली, कला र बद्रीले आफ्ना मर्यादाहरूलाई बेलाबेला भुल्ने प्रयास गरिरहेका थिए । उनीहरूले दिएका प्रस्तुतिहरूमा अमर्यादाहरू झल्की रहेका थिए । मोडल अञ्जली अधिकारी अहिलेकी चलेकी कलाकार हुन् । उनको नृत्य हेर्न धेरैले चासो राख्छन् । उनले लगाएको कपडा यति भल्गर थियो कि गाउँका अलिक उमेर पुगेकाहरू पचिरहेको थिएन ।

    हुन त अञ्जलीले लगाएको कपडाले उनको शरीरको कुनै पनि भाग देखिएको थिएन । तर, अञ्जलीले लगाएको सुरुवालको बाहिरको पारदर्शी कपडाले उनी कतै नाङ्गै त छैनिन् भन्ने संकेत गरिरहेको थियो ।

    अञ्जलीले नृत्य गर्दा सेण्डिलले पनि असजिलो बनाइरहेको थियो । नृत्य गर्दा सजिलो हुने जुत्ता लगाएको भए अझ सजिलो हुने थियो । उनको कलाकारितामा कुनै प्रश्न छैन । तर, नाम चलेकी अञ्जलीको हर्कतलाई टिनेजरमा कस्तो असर पर्छ त्यसमा ध्यान दिनुपर्छ ।

    अञ्जलीमा दर्शक स्रोताले जति अपेक्षा गरेका थिए नृत्यमा त्यो प्रस्तुति हुन सकेन । बरु अञ्जलीले लगाएको कपडाको चर्चा भने खुलेर भएको थियो । अर्को गल्ती अञ्जलीले शुभेच्छुकहरूसँग तस्वीर खिचाउन आनाकानी गरिन् । मञ्चको छेउमा रहेका ३–४ जना युवतीहरूले अञ्जलीसँग तस्वीर खिचाउन खोजका थिए । शुरुमा अञ्जलीले अस्वीकार गरिन् ।

    ती युवतीहरू अञ्जलीको व्यवहारबाट निरास भएका थिए । पछि के सोचिन् अञ्जली तस्वीर खिचाउन तयार भइन् । अञ्जलीमा देखिएको त्यो घमण्डले शुभेच्छुकहरूलाई चित्त दुखाएको थियो ।

    अर्की गायिका कला लम्सालको प्रस्तुति खासै जमेको थिएन । उनको स्वर र गायन शैलीमा तालमेल मिलेकै थिएन । लम्साल लोक दोहोरी गायिका हुन् । लोकदोहोरी गायिका लम्सालले प्रस्तुति दिने बेला कस्तो लुगा लगाउने भन्नेमा नै ध्यान दिइनन् ।

    नाइटो देखिने गरेर साडी लगाएकी उनले छाती र पछाडिको भाग आधा देखिने गरेर ब्लाउज लगाएकी थिइन् । त्यति मात्रै होइन । गायका लम्सालले लगाएको कक सुजले मञ्चमा हिँड्न असजिलो भएपछि छडाएर राख्नु परेको थियो । यो उनको असावधानी थियो ।

    बरु यी दुबै कलाकारभन्दा राम्रो प्रस्तुति गायक बद्री पंगेनीले दिएका थिए । तर, उनी राजनीतिभन्दा बाहिर जान सकेनन् । पूर्वएमाले पृष्ठभूमि भएका गायक पंगनीले आफ्नो पार्टीको घुमाउरो भाषामा प्रचार गरिछाडे । गायनका बेला युवापुस्ता बाहेक सबैले पंगेनीको प्रस्तुति सबैले मन पराए ।

    युवाहरूलाई आकर्षित गर्ने गरेर पंगेनीले प्रस्तुति दिन सकेनन् । गायक पंगेनीले अबका दिनमा मेला र महोत्सवहरूमा प्रस्तुति दिँदा भाषण होइन आफ्नो कला उचित रुपमा प्रस्तुत गर्नुपर्छ । उनी राजनीतिक दलका नेता पनि हुन् । यो कुरा धेरैलाई थाहा हुन नसक्छ । थाहा पाउनेले अर्को पटक गायक पंगेनीलाई नबोलाउन सक्छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार